‘सत्यनारायण की कथा’मा कार्तिक आर्यन

प्रकाशित मिति :   June 23, 2021           Sabasta Entertainment



Kumari bank

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – करण जोहरको चलचित्र ‘दोस्ताना २’बाट बाहिरिएका अभिनेता कार्तिक आर्यनले नयाँ चलचित्र घोषणा गरेका छन् ।

बुधबार इन्स्टाग्राम मार्फत कार्तिकले आफु नयाँ चलचित्र ‘सत्यनारायण की कथा’मा जोडिएको खबर पोस्ट गरेका छन् ।

फिल्मको टाइटल भिडियो शेयर गर्दै कार्तिकले लेखेका छन्, ‘मेरो मनको नजिकको एउटा कथा: सत्यनारायण की कथा । विशेष व्यक्तिहरुसँग विशेष फिल्म ।’

 

 

View this post on Instagram

 

A post shared by KARTIK AARYAN (@kartikaaryan)

नम: पिक्चर्ससँगको सहकार्यमा नाडियाडवाला ग्राण्डसन इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने चलचित्रमा साजिद नाडियाडवालाले लगानी गर्नेछन् ।

राष्ट्रिय अवार्ड विजेता मराठी चलचित्र ‘आनंदी गोपाल’का निर्देशक समीर विदवान्सले यो चलचित्रको निर्देशन गर्नेछन् ।

अभिनेता कार्तिकका ‘सत्यनारायण की कथा’सँगै अन्य दुई चलचित्र ‘धमाका’ र ‘भुल भुलैया २’ अब पाइपलाइनमा रहनेछन ।