नेहा बानुसँग गायक आरिफले गरे विवाह

प्रकाशित मिति :   June 21, 2021           Sabasta Entertainment



Kumari bank

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – गायक आरिफ राउफ वैवाहिक जीवनमा बाँधिएका छन् । उनले चलचित्र निर्माता तथा कलाकार तैयब शाहकी कान्छी छोरी नेहा बानु शाहसँग विवाह गरेका हुन् ।

सोमबार तैयबले छोरी बेहुली बनेको तस्विर फेसबुकमा शेयर गरेका छन् । उनी लेख्छन, ‘आज​ मेरो जिब​न​को खुसिको दिन​, छोरीलाई बिदाई ग​र्ने दिन​, ब​धाई छ​ ।’

‘द भ्वाइस अफ नेपाल’ सिजन २ फेम्ड राउफले गत वर्षको जुलाई ५ मा नेहासँग इन्गेजमेन्ट गरेका थिए । यी दुईले मुस्लिम परम्परा अनुसार विवाह गरेका हुन् ।

विवाहपछि आरिफ र नेहालाई आफन्त र नजिकका साथि भाईहरुले वैवाहिक जीवनको शुभकामना दिएका छन् ।

‘द भ्वाइस अफ नेपाल’को दोस्रो सिजनका प्रतिस्पर्धी राउफ फाइनलसम्म पुगेका थिए । तर, उनि समग्रमा चौथों स्थानमा रहे ।

‘द भ्वाइस’बाट चर्चा कमाएपछि आरिफले केहि गीतमा आवाज दिएका छन् । उनको बोल्ड भ्वाइसको थुप्रै फ्यानहरु छन् ।