शिल्पाको ‘प्रेमगीत २’ ट्रेलर रिलिज

प्रकाशित मिति :   May 11, 2021           Sabasta Entertainment



Kumari bank

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – नेपाली नायिका शिल्पा पोखरेल अभिनित भोजपुरी चलचित्र ‘प्रेमगीत २’को ट्रेलर रिलिज गरिएको छ ।

एक्सन लभस्टोरी चलचित्रमा शिल्पा र भोजपुरी नायक प्रदीप पाण्डे (चिन्टु)को मुख्य भूमिका छ । चलचित्रको कथा यी दुई पात्रको वरिपरी घुम्ने ट्रेलर हेरेर अनुमान लगाउन सकिन्छ ।

यो चलचित्रको निर्माण तथा निर्देशन सोनु खत्रीले गरेका हुन् । एबी मोहन चलचित्रका लेखक हुन् ।

चलचित्रमा शिल्पा र प्रदीपका अलावा अमित शुक्ला, रम्भा सहानी, रोहित सिंह (मत्रु), सिपी भट्ट, सुधा जालगायतका कलाकारहरुको अभिनय छ ।

ओम झाको संगीत रहेको ‘प्रेमगीत २’मा श्री श्रेष्ठको एक्सन, हरि घले लामाको छायांकन, बन्दे प्रसादको सम्पादन र कविराज गहतराज, शिव बिके, रिकी गुप्ता, बिबेक थापाको कोरियोग्राफी हेर्न सकिनेछ ।

भोजपुरी ‘प्रेमगीत’ सिरिजको पहिलो चलचित्रमा प्रदीप पाण्डे र यामिनी सिंह मुख्य भूमिकामा थिए ।