सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

रंगखबर, काठमाडौँ: फागुन १७ गतेलाई रिलिज डेट फिक्स गरेको फिल्म ‘छक्का पन्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक गरिएको छ। लोक फ्लेवर समेटीएको उक्त गीतलाई डेभिड शंखर र सहिमा श्रेष्ठले आवाज दिएका छन भने स्वस्तिमा खड्का, राज आचार्य, दिपकराज गिरि, दिपाश्री निरौला, बुद्धि तामाङ लगायतका कलाकारहरुको नृत्य रहेको छ। राजेन्द्र थापाको शब्द, दिपक शर्माको संगीत, उदयराज पौडेलको एरेन्ज र कविराज गहतराजको कोरियोग्राफी रहेको उक्त गीतलाई नरेन्द्र महर्जनले खिचेका हुन्। गीतले दर्शकलाई राम्ररी तान्नेमा निर्माण टिम ढुक्क छ।
निर्देशक हेमराज बिसी निर्देशित फिल्मलाई आमा सरस्वती मुभिजको ब्यानर तथा दिपक – दिपाले निर्माण गरेका हुन्। फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी, निर शाह, निर्मल शर्मा, राज आचार्यलगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मका कार्यकारी निर्मातामा केदार घिमिरे र निर्मल शर्मा रहेका छन।
©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com