‘मनसँग मन’ पोस्टरमा पुष्प र वर्षाको रोमान्टिक अन्दाज

प्रकाशित मिति :   March 30, 2021           Sabasta Entertainment



Kumari bank

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – दक्षिण एसियामा बढ्दो क्रममा रहेको कोरोना संक्रमणको ग्राफलाई मध्येनजर गर्दै चलचित्र ‘मनसँग मन’को रिलिज पोस्टपोन्ड गरिएको छ ।

अब यो चलचित्र पुर्वनिधारित मिति चैत २७ मा रिलिज हुने छैन । यहि मितिमा रिलिज हुने भनिएको चलचित्र ‘लप्पन छप्पन २’ पनि सरिसकेको छ ।

रिलिज स्थगित गर्दै निर्माण पक्षले चलचित्रको फस्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार पुष्प खड्का र वर्षा सिवाकोटीलाई रोमान्टिक मूडमा देख्न सकिन्छ ।

निर्माण पक्षका अनुसार अहिले वितरकसँग नयाँ डेटका लागि छलफल चलिरहेको छ ।

कैलाश राईले निर्देशन गरेको चलचित्रमा बुद्धि तामाङ, चाँदनी प्रधान, महेन्द्र बागदास, सन्ते दालगायतका कलाकारहरु पनि अभिनय छ ।

सौरभ लामाले खिचेको चलचित्रमा अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेल, दीपक शर्मा र अगोम गुरुङको संगीत, सन्तोष खवासको एक्सन, कमल राई र रामजी लामिछानेको नृत्य कोरियोग्राफी छ ।

सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको व्यानरमा निर्मित चलचित्रमा अरुण तामाङले लगानी गरेका छन् ।