शोभितको ‘डाँडाको बरपीपल’मा शिव र गौरीको जोडी

प्रकाशित मिति :   March 26, 2021           Sabasta Entertainment



Kumari bank

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – झन्डै २० वर्षपछि अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्ललाई ठुलोपर्दामा सँगै देख्न पाइने भएको छ ।

लामो समयपछि यी दुई भेट्रान कलाकारको जोडी बाध्ने काम निर्देशक शोभित बस्नेतले गरेका छन् । उनले निर्देशन गर्ने ‘डाँडाको बरपीपल’मा शिव र गौरीले मुख्य भूमिका गर्दैछन् । २० वर्ष अगाडी रिलिज भएको ‘धर्मसंकट’पछि शिव र गौरीले सँगै काम गरेका थिएनन् ।

बिहिबार यो चलचित्रको राजधानीको एक मन्दिरमा शुभमुहूर्त गरिएको थियो । शुक्रबारदेखि यस फ्यामिली ड्रामाको छायांकनसमेत सुरु भएको छ ।

बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा बन्ने चलचित्रमा सलोन बस्नेत, राजीवजंग बस्नेत, यशराज गराचको पनि मुख्य भूमिका रहनेछ । कथाको लागि तीन नायिका र एक नायकको टुंगो केहि दिन मै लगाउने निर्माण पक्षले जानकारी गराएको छ ।

७५ दिनको छायांकन सेड्युल तयार गरिएको चलचित्रलाई काठमाडौँ, कालाबाङ, शे-फोक्सुण्डो र पूर्वी नेपालका बिभिन्न स्थानमा खिचिनेछ ।

सुशान्त प्रजापतिले खिच्ने फिल्ममा शिव मुखिया/अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन र गोविन्द राईको नृत्य निर्देशन रहनेछ ।

‘डाँडाको बरपीपल’ शोभितले निर्देशन गर्ने २६ औँ चलचित्र हुनेछ । २०५५ सालमा ‘राजकुमार’बाट निर्देशनमा डेब्यु गरेका शोभितको पछिल्लो निर्देशकीय चलचित्र ‘बाबु कान्छा’ थियो ।