दयाहाङ र प्रकृतिको ‘बिहे पास’को छायांकन सुरु

प्रकाशित मिति :   March 26, 2021           Sabasta Entertainment



Kumari bank

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – प्रवेश पौडेलले निर्देशन गर्ने नयाँ चलचित्र ‘बिहे पास’को छायांकन सुरु भएको छ । यो चलचित्रमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठले जोडी बाँध्दैछ्न ।

शुक्रबार विराटनगरको एक मन्दिरमा पुजाआजा गरिएपछि निर्माण टिम छायांकनमा निस्किएको हो । आकाश बराल मुरे केर, र सजन काफ्लेको कथामा दयाहाङ र प्रकृतिले श्रीमान-श्रीमतीको भूमिका निर्वाह गर्नेछन् । चलचित्रमा आकाश बराल र सजन काफ्लेको पटकथा रहेको छ ।

रोहित कट्टेलको प्रस्तुति रहेको चलचित्रमा रत्न श्रेष्ठको कार्यकारी निर्माण, ग्याल्जेन लामाको सहनिर्माण रहनेछ ।

यहि चलचित्रका लागि भनेर अभिनेत्री श्रेष्ठ दुई साता अगाडी मात्रै अस्ट्रेलियाबाट नेपाल आएकी थिइन् । उनको यो कमब्याक चलचित्र हुनेछ ।

६ वर्ष अगाडी प्रदर्शनमा आएको चलचित्र ‘जिन्दगी रक्स’पछि प्रकृतिले घरजम गरेर अस्ट्रेलिया हानिएकी थिइन् । त्यसभन्दा अगाडी उनले ‘उत्सव’ र ‘होस्टेल’मा मुख्य भूमिका निर्वाह गरेकी थिइन् ।