‘धनियाँ के होली’मा दीपकदेखि केदारसम्मको मस्ती ~ भिडियो ~

प्रकाशित मिति :   March 21, 2021           Sabasta Entertainment



Kumari bank

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – आउँदै गरेको होलीलाई लक्षित गरेर छक्का पन्जा मिडियाले होली गीत ‘धनियाँ के होली’ बजारमा ल्याएको छ ।

नेपाली र मैथली शब्दको संयोजन रहेको गीतमा निर्देशक तथा कलाकार दीपाश्री निरौला र सुमित खड्काले स्वर भरेका छन् । दीपनारायण भण्डारीको शब्द रचना रहेको गीतमा निरज श्रेष्ठको संगीत छ ।

दीपाश्रीको निर्देशन र शिशिर खतिको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा दीपाश्रीका अलावा दीपकराज गिरी, केदार घिमिरे, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, रवि डंगोल, अनुराग कुँवर, सुमन गिरी (भान्जा)लगायतका कलाकारहरुको नृत्य देख्न सकिन्छ ।

छक्का पन्जा टिमको अफिसियल युट्युब च्यानल ‘छक्का पन्जा मिडिया’बाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा हरि हुमागाईंको छायांकन र विपिन मल्लको सम्पादन छ ।