शिल्पाको डेब्यु भोजपुरी चलचित्र ‘जय शम्भु’को ट्रेलर रिलिज ~ भिडियो ~

प्रकाशित मिति :   March 7, 2021           Sabasta Entertainment



Kumari bank

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – अभिनेत्री शिल्पा पोखरेल अभिनित भोजपुरी चलचित्र ‘जय शम्भु’को ट्रेलर रिलिज गरिएको छ ।

२ मिनेट २२ सेकेण्ड लामो ट्रेलर एक्सनले भरिपूर्ण छ । चलचित्रमा शिल्पाका अलावा प्रदीप पाण्डे (चिन्टु), देव सिंह, धुर्ब कोइराला ,अनुप अरोरालगायतका कलाकारहरु मुख्य भूमिका छ ।

सोनु खत्रीले निर्माण र निर्देशन गरेको चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व, हरि लामाको छायांकन, ओम झा/सुदाम थापाको संगीत, बन्दे प्रसादको सम्पादन, उमालाल यादवको पटकथा र वीरु ठाकुरको संवाद छ ।

पशुपतिनाथ प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रका सह-निर्मातामा साजन रे, विनोद कुमार ठाकुर र भारत शाह छन् ।

नेपालको सफलता पश्चात भोजपुरीमा शिल्पाको डेब्यु 

नेपाली चलचित्रमा सफल शिल्पा पोखरेलको यो भोजपुरी डेब्यु चलचित्र हो । शनिबार मुम्बईमा आयोजित ट्रेलर रिलिज कार्यक्रममा शिल्पालाई परिचय गराइएको थियो ।

अहिले शिल्पा भोजपुरी चलचित्र ‘प्रेमगीत २’को छायांकनमा व्यस्त छिन ।

शिल्पाले नेपाली सुपरहिट चलचित्र ‘लज्जा’बाट डेब्यु गरेकी थिइन् । त्यसयता ‘हवल्दार सुन्तली’, ‘फागु’, ‘किस्मत २’, ‘मङ्गलम’ जस्ता चर्चित चलचित्रमा अभिनयको जादु छरिसकेकी छन् ।