‘कृष्ण लीला’को दोस्रो गीत ‘डियर बन्न मन छ’ सार्वजनिक ~ भिडियो ~

प्रकाशित मिति :   March 5, 2021           Sabasta Entertainment



Kumari bank

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – पुष्प खड्का र श्रद्धा क्षेत्रीको शिर्ष भूमिका रहेको चलचित्र ‘कृष्ण लीला’को नयाँ गीत सार्वजनिक गरिएको छ ।

‘डियर बन्न मन छ’ बोलको डान्सिङ बिटमा पुष्प र श्रद्धासँगै बुद्दि तामाङ, रविन्द्र झालगायतका कलाकारहरु फिचर्ड छन् ।

सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, नारायणप्रसाद बाँस्कोटाको शब्द र निशान भट्टराई/समिक्षा अधिकारीको स्वर छ । यस्तै रामजी लामिछानेले यो गीतको कोरियोग्राफी गरेका छन् ।

दीपक ओलीको निर्देशन रहेको चलचित्रका लेखक लक्ष्मण सुवेदी हुन् । चलचित्रमा शिव ढकाल/बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत र अर्जुन जिसीको सम्पादन छ ।

रोहित कटेलको प्रस्तुति रहेको ‘कृष्ण लीला’का निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ रहेका छन् । रत्न श्रेष्ठको कार्यकारी निर्माण रहेको चलचित्रका सह-निर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।

चैत २७ देखि सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्रको रोमान्टिक गीत ‘कुनै दिन त्यो कथामा’ले दर्शकको मन जितिरहेको छ ।