शुक्रबारदेखि अलनेपाल रिलिज भयो ‘गोर्खे’

प्रकाशित मिति :   March 5, 2021           Sabasta Entertainment



Kumari bank

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – शुक्रबारदेखि चलचित्र ‘गोर्खे’ अल नेपाल प्रदर्शनमा आएको छ । ‘यस्तो एउटा प्रेम कहानी’पछि यो वर्ष हलमा प्रदर्शन हुने यो नै पहिलो फ्रेस चलचित्र हो ।

एक्सन लभस्टोरी चलचित्रमा रविन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरुङ, एञ्जल श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।

यो चलचित्र काठमाडौँ उपत्यकाका प्राय: जसो हलमा प्रदर्शन भइरहेको निर्माता हरी लामाले जानकारी दिए । यस्तै उपत्यका बाहिरका ३० बढी हलहरुमा चलचित्र प्रदर्शन भैरहेको छ ।