१५ दिनमा करोड भ्युज बटुल्दै ‘टाढा भएपनि’ले राख्यो रेकर्ड

प्रकाशित मिति :   March 1, 2021           Sabasta Entertainment



Kumari bank

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – कलाकारद्वय पल शाह र मलिका महत अभिनित गीत ‘टाढा भएपनि’ले युट्युबमा रेकर्ड राख्दै करोड भ्युज पार गरेको छ ।

यो गीतले सार्वजनिक भएको १५ दिन मै करोड भ्युज पार गरेको हो । यसअघि ‘फुलबुट्टे सारी’को फिमेल भर्सनले १८ दिनमा करोड भ्युज बटुलेको थियो । अब ‘टाढा भएपनि’ गीत युट्युबमा सर्वाधिक छिटो करोड भ्युज पाउने गीत बनेको छ ।

उर्गेन दोङको शब्द तथा संगीत रहेको गीतमा अश्मिता अधिकारीले स्वर दिएकी छन् ।

आफ्नो गीतले रेकर्ड राख्दै करोड भ्युज पाएपछि पलले खुसि व्यक्त गरेका छन् ।

विवेक रसाइलीको निर्देशन रहेको म्युजिक भिडियोमा उज्ज्वल जोशीको छायांकन र सम्पादन छ ।