आउने दशैँमा मल्टीस्टारर ‘परदेशी २’

प्रकाशित मिति :   January 22, 2021           Sabasta Entertainment



Kumari bank

सबस्त, इन्टरटेनमेन्ट, काठमाडौँ – मल्टीस्टारर चलचित्र ‘परदेशी २’को रिलिज डेट फाइनल गरिएको छ । निर्माण पक्षले यो चलचित्र आगामी दशैँमा रिलिज गर्ने जानकारी दियो ।

‘यसै वर्षको दशैँमा रिलिज गर्ने गरि फिल्मको छायांकन सुरु गरेका थियौँ । तर, कोरोना महामारीका कारण सम्भव भएन । हाम्रो कथाबस्तुले दशैँको परिवेश बोल्ने भएकाले पनि २०७८ को दशैँ टार्गेट गरेका हौँ ।’ निर्माता राजेश वंशलले भने ।

लकडाउन अगाडी र लकडाउनपछिको दुई सेड्युल बनाएर चलचित्रको छायांकन नेपाल, अमेरिका र भारतका विभिन्न स्थानमा ५० दिनमा पुरा भएको छ ।

नारायण रायमाझी निर्देशित चलचित्रमा दीलिप रायमाझी, केकी अधिकारी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देबेन्द्र बल्लुलगायतका कलाकारहरुको अभिनय छ । भने, लोकगायक प्रकाश सपुतले डेब्यु गर्दैछन् ।

‘परदेशी २’ घोषणादेखि नै चर्चामा रहेको चलचित्र हो । यो चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । निर्देशक रायमाझीले यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र निर्देशन गरिसकेका छन् ।

मानकृष्ण महर्जनले खिचेको फिल्ममा सुदिप कुँवरको सहायक निर्देशन, अष्ट महर्जनको द्वन्द्व, बीबी अनुरागीको संगीत, गोविन्द राई/रामजी लामिछानेको कोरियोग्राफी र दीर्घ खड्काको सम्पादन छ ।