नाजिर र सुमीको ‘लाउँ कि माया’ सार्वजनिक ~ भिडियो ~
प्रकाशित मिति : January 21, 2021 Sabasta Entertainment
सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – गीतकार प्रदीप चापागाईंले नयाँ गीत ‘लाउँ कि माया’ सार्वजनिक गरेका छन् । गीतमा उनकै शब्द रचना छ ।
कल्याण सिंहले संगीत भरेको गीतमा मेलिना राई र बिक्रम बरालको स्वर छ ।
आफ्नो स्वार्थको लागि महिलाको अपमान गर्नु हुँदैन भन्ने संदेश बोकेको गीतको भिडियो निर्देशन दीपक प्रसाद आचार्यले गरेका छन् । भने, तेञ्जु योञ्जनले कोरियोग्राफीको काम गरेका छन् ।
गीतमा नाजिर हुसेन र सुमी मानन्धर फिचर्ड छन् । दुवैको जोडी सुहाएको छ । गीतमा चन्द्र गुरुङ र सुवास पहारीको शृंगार रहेको छ ।
पवन सुस्लिङको छायांकन र सम्पादन रहेको गीत प्रदीप चापागाईंको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।