दीपकको ‘घिन्ताङ’मा गौरव र एलिजाको जोडी

प्रकाशित मिति :   January 21, 2021           Sabasta Entertainment



Kumari bank

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – अभिनेत्री एलिजा गौतम नयाँ चलचित्रमा अनुबन्धित भएकी छन् । दीपक श्रेष्ठले निर्देशन गर्ने ‘घिन्ताङ’मा एलिजाले अभिनेता गौरव पहारीसँग जोडी बाँध्नेछिन ।

निर्माण पक्षका अनुसार साता अगाडी एलिजा यो चलचित्रमा अनुबन्धित भइसकेकी थिइन् । भने, अभिनेताको रुपमा विपिन कार्कीलाई अफर गरिएको थियो । तर, विपिनले समय दिन नसक्ने भएपछी गौरवलाई फाइनल गरिएको हो ।

‘अनुराग’बाट अभिनयमा होमिएकी एलिजाले दोस्रो चलचित्रमा गौरवसँग जोडी बाँध्न पाउँदा खुसि व्यक्त गरेकी छन् ।

सामाजिक कथाबस्तुमा निर्माण हुने चलचित्रको वर्किङ टाइटल ‘घिन्ताङ’ हो । यो शिर्षक अन्तिममा परिवर्तन हुन पनि सक्छ ।

निर्देशक श्रेष्ठले यसअघि भाई, तकदिर, पापी मान्छे, पर्खि बसेँ, सुर्य चन्द्र, वचन, हिम्मत, वीरलगायतका हिट चलचित्र दिइसकेका छन् ।