‘न्याय मरेको देश’मा महिला हिँसाको मार्मिक कथा ~ भिडियो ~
प्रकाशित मिति : January 19, 2021 Sabasta Entertainment
सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – गायिका शान्ति श्री परियारको आवाजमा ‘न्याय मरेको देश’ बोलको गीत सार्वजनिक भएको छ ।
नेपाली समाजमा व्याप्त बलात्कार, एसिड अट्याक र छाउपडी प्रथाको कथा समेटिएको गीतको भिडियो निर्देशन बिना श्रेष्ठले गरेकी छन् ।
गीतको भिडियोमा लक्ष्मी वर्देवा, शाक्षी लम्साल, बसु शाही, अनिता पौडेल, सुशील पोखरेल, दिनेश मुस्कान, पुजन घिमिरेले अभिनय गरेका छन् ।
राजेश पौडेलको शब्द रचनामा दिनेश मुस्कानले संगीत भरेका छन् । उत्तम हुमागाईंले खिचेको म्युजिक भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन गरेका छन् । यो गीतमा रक्ष्मी शाक्यले लगानी गरेकी छन् ।