निश्चलले यसै वर्ष ‘जिन्दावाद’ निर्देशन गर्ने

प्रकाशित मिति :   January 17, 2021           Sabasta Entertainment



Kumari bank

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – निर्देशक तथा अभिनेता निश्चल बस्नेतले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन् । आइतबार परेको आफ्नो ४० औँ जन्मदिनको अवसरमा उनले चलचित्र ‘जिन्दावाद’ निर्देशन गर्ने घोषणा गरेका हुन् ।

निश्चल यतिबेला जन्मदिन मनाउन मकवानपुर जिल्लाको पालुङ्ग पुगेका छन् । उनले पालुङ्गबाट स्टाटस लेख्दै भनेका छन्, ‘जन्मदिनको शुभकामना निश्चल , राम्रो मान्छे बन्न सकुँ राम्रो फिल्म बनाउन सकुँ यहि दिएँ आफैलाइ शुभकामना । यो बर्ष ‘जिन्दाबाद’ निर्देशन गर्नेछु ।’

स्रोतका अनुसार निश्चलले निर्देशन गर्ने यो चलचित्रलाई बुद्धिसागरले लेखिरहेका छन् ।

लामो समय मिडियामा चर्चा भइरहेपनि निश्चलले आफ्नो चौथों निर्देशकीय प्रोजेक्टका बारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएका थिएनन् । निश्चलको पछिल्लो निर्देशकीय चलचित्र ‘लूट २’ झन्डै चार वर्ष अगाडी प्रदर्शन भएको थियो ।