मौसमीलाई ‘ब्लकबस्टर क्विन’को उपाधि, भनिन ‘सरकार र उद्योगले कहिले सम्झिएन’

प्रकाशित मिति :   January 3, 2021           Sabasta Entertainment



Kumari bank

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – वरिष्ठ अभिनेत्री मौसमी मल्ललाई ‘ब्लकबस्टर क्विन’को उपाधि दिइएको छ । शनिबार ललितपुरमा आयोजित ‘स्पर्स म्युजिक भिडियो अवार्ड – २०२०’ले मौसमीलाई सम्मान स्वरुप ‘ब्लकबस्टर क्विन’को उपाधि दिएको हो ।

विक्रम संवत २०४१ सालमा ‘कान्छी’ मार्फत चलचित्रमा पर्दापण गरेकी मौसमीले थुप्रै सफल चलचित्र दिएकी छन् । त्यसैले उनलाई ‘ब्लकबस्टर क्विन’को अवार्ड दिइएको हो ।

अवार्ड पाएसकेपछि मौसमीले चलचित्र क्षेत्र र सरकारले अहिलेसम्म आफ्नो कामको मुल्यांकन नगरेको भन्दै दुखेसो पोखेकी थिइन् । ‘चलचित्र उद्योग र सरकारले त मलाई कहिल्यै सम्झिएन । तर, मभन्दा निक्कै कम उमेरका भाई-बहिनिहरुले जुन सम्मान दिनुभयो त्यसको लागि आभारी छु ।’

मौसमीले आफुलाई यो स्थानसम्म पुर्याउन दर्शकको हात रहेकोसमेत बताइन । ‘मेरो समयमा दर्शकले निक्कै माया दिनु भएको थियो । चलचित्रमा समय दिन नसक्दाको क्षणमा पनि निर्माताहरुले मलाई एउटा गीत मात्र भएपनि गरिदिनु भन्दै आग्रह गर्नुहुन्थ्यो । किनकि, मेरो अनुहारले चलचित्र चल्ने कुरामा उहाँहरु ढुक्क देखिनु हुन्थ्यो । मैले पनि समय भएसम्म उहाँहरुसँग काम गर्थ्ये । तर, मुल्यांकन कहिले पनि भएन । त्यैपनि दर्शकले मलाई नम्बर १ बनाउनु भयो ।’ मौसमीले भनिन् ।

मौसमीलाई सम्मान दिंदै गर्दा उनका नृत्य निर्देशक कमल राई संघर्षका दिन सम्झेर भावुक भएका थिए । जुन दृश्यले सबैको मन भारी बनाएको थियो ।

मौसमीले आफ्नो ३ दशक लामो करिअरमा ‘पच्चीस बसन्त’, ‘भुमरी’, ‘भाग्यरेखा’, ‘सम्पति’, ‘सपना’, ‘देउकी’, ‘गिरफ्तार’, ‘पृथ्वी’, ‘परिवार’, ‘माया’, ‘तिलहरी’लगायतका तीन दर्जन बढी चलचित्रमा अभिनयको जादु देखाइसकेकी छन् ।

Facebook Comments