बलिउडका १० चलचित्र, जो निश्चित हिटको दावेदार हुन

प्रकाशित मिति :   January 1, 2021           Sabasta Entertainment



Kumari bank

सबस्त, इन्टरटेनमेन्ट, काठमाडौँ – कोरोनाले २०२० मा विश्व चलचित्रलाई प्रभावित पार्यो । लामो समय हल बन्द हुँदा प्रतिक्षित चलचित्रहरु रिलिज हुन् पाएनन् ।

कोरोनाले बलिउडलाई पनि नराम्रोसँग घाटा पुर्यायो । हल बन्द भएपछी बिग बजेटका चलचित्रहरु रिलिज हुन् पाएनन् । २०२१ को सुरुवातसँगै बलिउडले गति लिने ट्रेड एनालिस्टहरुको अनुमान छ ।

२०२० मा रिलिज हुन नपाएका थुप्रै चलचित्र यो वर्ष रिलिज हुनेछन । जसमध्ये केहि यस्ता बलिउड चलचित्र छन्, जो बक्सअफिसमा धमाल मच्चाउन सक्छन ।

८३

रणवीर सिंह र दीपिका पादुकोण स्टारर चलचित्र ‘८३’ बहुप्रतिक्षित मध्येको एक हो । भारतले सन् १९८३ को विश्वकप क्रिकेट जित्दाको कथामा आधारित चलचित्रले रिलिज अगाडी राम्रो हाइप बनाएको छ ।

भारतमा चलचित्र र क्रिकेटलाई लिएर जबरजस्त फ्यान फलोइङ छ । त्यसैले यी दुई विधाको समिश्रणमा ‘८३’ले बक्सअफिसमा उछाल ल्याउन सक्छ । ‘८३’लाई कबिर खानले निर्देशन गरेका हुन् ।

केजिएफ च्याप्टर – २ 

ब्लकबस्टर चलचित्र ‘केजिएफ’को सिक्वेललाई दर्शकले निक्कै प्रतिक्षा गरिरहेका छन् । यस र संजय दत्त स्टारर चलचित्रले बक्सअफिसमा नयाँ रेकर्ड राख्न सक्छ ।

प्रशान्त नील निर्देशित चलचित्रको पहिलो भागले नेपालका केहि मल्टीप्लेक्समा ५१ दिने प्रदर्शनको रेकर्ड राखेको थियो ।

लाल सिंह चड्डा 

आमिर खान र करीना कपूर खान स्टारर ‘लाल सिंह चड्डा’ पनि यो वर्षको प्रतिक्षित चलचित्र हो । २०१८ को फ्लप चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’पछि आमिरलाई २ वर्षपछि दर्शकले पर्दामा हेर्न पाउनेछन् ।

आमिरको चलचित्र भन्न बितिक्कै दर्शकमा एक किसिमको उत्सुकता रहने गर्छ । त्यसैमा उनका चलचित्र बक्सअफिसमा रेकर्ड सेट गर्न अगाडी मानिन्छन ।

सूर्यवंशी 

रोहित सेट्टी निर्देशित ‘सूर्यवंशी’ यदि कोरोना नहुँदो हो त, अहिलेसम्म दर्शकले हेरिसकेका हुन्थ्ये । ट्रेलर पनि रिलिज भएको यो चलचित्रमा अक्षय कुमार र कट्रिना कैफ मुख्य भूमिकामा छन् । यस्तै रणवीर सिंह र अजय देवगणले पनि चलचित्रमा विशेष भूमिका निर्वाह गरेका छन् ।

गंगुबाई कठियावाडी 

संजयलीला भन्साली निर्देशित चलचित्र ‘गंगुबाई कठियावाडी’ बिग बजेटको चलचित्र हो । यसमा आलिया भट्टले मुख्य भूमिका निर्वाह गरेकी छन् ।

यो चलचित्र हुसेन जैदीको नोबेल ‘माफिया क्विन्स अफ मुम्बई’मा आधारित हुनेछ । यो एक यस्तो युवतीको कथा हो, जो कम उमेरमै देह व्यापारमा लाग्छिन् । पछि गएर उनि मुम्बई इतिहास कै सर्वाधिक प्रभावशाली महिला बन्न पुग्छिन ।

भन्सालीको पछिल्लो चलचित्र ‘पद्मावत’ २०१८ मा रिलिज भएको थियो ।

आरआरआर 

‘बाहुबली’ निर्देशक एसएस राजमौली निर्देशित ‘आरआरआर’ अर्को प्रतिक्षित चलचित्र हो । चलचित्रमा एनटीआर, राम चरण, आलिया भट्ट स्टारर चलचित्र महँगो बजेटमा निर्माण भएको छ ।

रिलिज अगाडी नै हाइप बनाएको यो तेलुगु चलचित्र हिन्दी भर्सनमा पनि रिलिज हुँदैछ ।

राधे 

सलमान खानका नयाँ चलचित्रले बक्सअफिसको ठुलो अपेक्षा बोकेका हुन्छन । जसमध्येको एक ‘राधे’ पनि हो । २०२१ मा रिलिज हुने यो चलचित्रमा सलमानसँगै दिशा पटानी, रणदीप हूडालगायतको मुख्य भूमिका छ ।

चलचित्रलाई प्रभुदेवाले निर्देशन गरेका हुन् ।

अतरंगी रे 

आनन्द एल राई निर्देशित चलचित्रमा अक्षय कुमार, धनुस र सारा अलि खानलगायतका कलाकारहरुको मुख्य भूमिका छ । यो चलचित्रलाई पनि बक्सअफिसको निश्चित हिटको रुपमा हेरिएको छ ।

पछिल्लो समय अक्षयका लगालग चलचित सफल हुँदै गएका छन् । त्यसैले यो चलचित्रबाट पनि बलिउडले ठुलो आशा बोकेको छ ।

जर्सी 

२०१९ मा रिलिज तेलुगु चलचित्र ‘जर्सी’को रिमेक बलिउड ‘जर्सी’मा शाहिद कपूरले मुख्य भूमिका निर्वाह गरेका छन् । क्रिकेटको कथा र सफल तेलुगु रिमेकको कारण ‘जर्सी’ले घोषणादेखि नै हाइप बनाएको छ ।

शाहिदको पछिल्ला चलचित्र ‘कबिर सिंह’ र ‘पद्मावत’ बक्सअफिसमा ब्लकबस्टर सावित भएका थिए । त्यसैले यो चलचित्रले कस्तो व्यापार गर्छ भन्ने एक किसिमको उत्सुकता छ ।

गौतम तिन्नानुरी निर्देशित चलचित्रमा शाहिदका अलावा म्रुनल ठाकुर र पंकज कपूरको मुख्य भूमिका छ ।

कभी इद कभी दिवाली 

‘कभी इद कभी दिवाली’ सलमानको अर्को प्रतिक्षित चलचित्र हो । यो चलचित्रलाई पनि निश्चित हिटको सुचीमा राखिएको छ । चलचित्रका निर्देशक साजिद साम्जीले हुन् ।

निश्चित रुपमा हिट हुन् सक्ने यी चलचित्र बाहेक बलिउडमा अन्य केहि चलचित्र रिलिज हुँदैछन् । जसले बक्सअफिसमा सकारात्मक नतिजा पस्किन सक्छन ।

‘भूत पुलिस’, ‘फोन भूत’, ‘अन्तिम’, ‘धमाका’, ‘सरदार उधम’, ‘कागज’, ‘शबाश मिथु’, ‘चन्डिगढ करे आशिकी’, ‘बिग बुल’, ‘गर्ल अन द ट्रेन’ जस्ता चलचित्रलाई पनि विशेष रुपमा हेरिएको छ ।

Facebook Comments