ब्याज खानेको कथामा ऋचाले चलचित्र ‘कौसीद’ निर्माण गर्दै !
प्रकाशित मिति : January 1, 2021 Sabasta Entertainment
सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – अभिनेत्री ऋचा शर्माले नयाँ साल २०२१ को अवसरमा नयाँ चलचित्र घोषणा गरेकी छन् ।
उनले फेसबुक मार्फत चलचित्र ‘कौसीद’ निर्माणको घोषणा गरेकी हुन् । ऋचाले चलचित्रको थिम पोस्टर पनि सार्वजनिक गरेकी छन् ।
सार्वजनिक पोस्टरमा बैंक कारोबारको रसिद देख्न सकिन्छ । ऋण दिएर ब्याजबाट आफ्नो जीविकोपार्जन गर्ने पात्रको कथा पोस्टर हेरेर अनुमान लगाउन सकिन्छ । निर्माण पक्षले भने चलचित्रको कथाबस्तु खुलाएको छैन ।
कुमार भाष्करले निर्देशन गर्ने चलचित्रमा ऋचा र अभिनेता भोलाराज सापकोटाले मुख्य भूमिका निर्वाह गर्नेछन् । भने, निरन्जन श्रेष्ठ, रुपेश दाहाल, निर्भिक भट्टराई, सदिक्क्षा गौतमलगायतले पनि चलचित्रमा अभिनय गर्नेछन् ।
बड पिक्चर्स र ट्रीडेन्ट कन्सेप्टको व्यानरमा निर्माण हुने चलचित्रका निर्माता केदार भुषाल हुन् । ऋचा प्रस्तुतकर्ता रहेको चलचित्रमा डिमेस श्रेष्ठ कार्यकारी निर्माता र लक्ष्मण बानियाँ सह-निर्माताको रुपमा रहेका छन् ।
निशल पौडेलको छायांकन रहने चलचित्रमा मित्र डि, गुरुङको सम्पादन रहनेछ ।