आज गुपचुपमा इन्गेजमेन्ट गर्दै रनबिर र आलिया !

प्रकाशित मिति :   December 30, 2020           Sabasta Entertainment



Kumari bank

सबस्त, इन्टरटेनमेन्ट, काठमाडौँ – बलिउड कलाकारद्वय रनबिर कपूर र आलिया भट्ट लामो समयदेखि प्रेम-सम्बन्धमा छन् । यी दुईले सार्वजनिक रुपमै प्रेमबारे खुलेरै बोलिसकेका छन् ।

अब, दर्शक तथा फ्यानलाई यी दुईको विवाहको प्रतिक्षा छ । यसै बीच आज डिसेम्बर ३० तारिखका दिन यो जोडीले इन्गेजमेन्ट गर्न लागेको खबर बाहिरिएको छ । भारतीय मिडियाको अनुसार रनबिर-आलियाले राजस्थानको एक महँगो होटलमा गुपचुप इन्गेजमेन्ट गर्ने छन् ।

अहिले राजस्थानको उक्त होटलमा सेलेब्रेटीहरु आउन सुरु गरिसकेका छन् । खबरका अनुसार रणवीर सिंह र दीपिका पादुकोण त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।

यस्तै निर्देशक करण जोहर पनि गोवाबाट सिधै राजस्थान जाँदैछन् । करणका अलावा ऋद्धिमा कपूर, नीतु कपूर र महेश भट्ट पनि यो समारोहमा सामेल हुनेछन ।

केहि दिन अगाडी मात्रै रनबिरले यदि कोरोना महामारी नभएको भए अहिलेसम्म आफु र आलियाले विवाह गरिसकेको हुने बताएका थिए ।

Facebook Comments