भगवान र मान्छेबीचको भिन्नतामा चलचित्र ‘गणपति’ बन्ने

प्रकाशित मिति :   December 29, 2020           Sabasta Entertainment



Kumari bank

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – भगवान र मान्छेबीचको भिन्नताको कथामा चलचित्र ‘गणपति’ निर्माण हुने भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण पक्षले चलचित्रको बारेमा जानकारी दियो ।

सविन अधिकारीले निर्देशन गर्ने सोसियल ड्रामामा मुकुन भुषाल, मेनुका प्रधान, सुर्यमाला खनाल, प्रकाश घिमिरे, राजाराम पौडेल, जयनन्द लामा, पुस्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, श्रीदेव वि.एल, सुशील पोखरेललगायतका कलाकारहरुको अभिनय रहनेछ ।

माघ २ देखि तनहुँको बन्दीपुर गाउँपालिकामा छायांकन सुरु हुने चलचित्रको कथा, पटकथा र संवाद निर्देशक स्वयम्ले तयार पारेका हुन् ।

लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीले निर्माण गर्ने चलचित्रमा हरिबहादुर घलेको छायांकन, अनिस अधिकारीको संगीत र विक्रम स्वाँरको नृत्य निर्देशन रहनेछ ।

चलचित्रको नाम धार्मिक सुनिएपनि यसले कुनै पनि धर्मको विरोध र प्रचार नगर्ने निर्देशक अधिकारीले बताए ।

Facebook Comments