‘कुली नम्बर १’ बन्यो बलिउडकै कमजोर रेटिङ पाउने चलचित्र ?

प्रकाशित मिति :   December 29, 2020           Sabasta Entertainment



Kumari bank

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – वरुण धवन र सारा अलि खान स्टारर चलचित्र ‘कुली नम्बर १’ लाई दर्शकबाट निक्कै कमजोर रेटिङ मिलेको छ ।

दर्शकको रेटिङ संकलन गर्ने वेवसाइट ‘आइएमडिबी’मा ‘कुली नम्बर १’ले बलिउडकै झुर रेटिङ पाएको हो । ‘आइएमडिबी’को फुल १० रेटिङमा यो चलचित्रले १.३ रेटिङ पाएको छ । यो सँगै बलिउडको कमजोर रेटिङ पाउने चलचित्रहरुको सुचीमा ‘कुली नम्बर १’ दोस्रो स्थानमा उक्लिएको छ ।

‘कुली नम्बर १’ भन्दा अगाडी यसै वर्ष रिलिज चलचित्र ‘सडक २’ छ । यो चलचित्रले १.१ रेटिङ पाएको छ । यस्तै १.४ रेटिङका साथ् तेस्रो नम्बरमा चलचित्र ‘इन्दु की जवानी’ छ ।

१.५ रेटिङसहित चौथों नम्बरमा केआरकेको चलचित्र ‘देशद्रोही’ छ । भने, पाचौँ नम्बरमा सलमानको खानको चलचित्र ‘रेस ३’ छ । यसले १.९ रेटिङ पाएको छ ।

२५ डिसेम्बरमा अमेजन प्राइम भिडियोमा रिलिज भएको ‘कुली नम्बर १’ले समिक्षकबाट पनि कमजोर रेटिङ पाएको छ ।

डेभिड धवन निर्देशित चलचित्र सन् १९९५ को ‘कुली नम्बर १’को रिमेक हो । यो चलचित्रमा गोविन्दा र करिश्मा कपूर मुख्य भूमिकामा थिए । ओर्जिनल चलचित्रका निर्देशक पनि डेभिड धवन नै हुन् ।

Facebook Comments