बक्सअफिसमा ‘इन्दुकी जवानी’को कमजोर सुरुवात

प्रकाशित मिति :   December 14, 2020           Sabasta Entertainment



Kumari bank

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – झन्डै ६ महिना लामो समय बन्द भएका भारतीय हलहरु संचालनमा आइसकेका छन् । तर, पनि हलमा उल्लेख्य दर्शकको संख्या नहुँदा फ्रेस चलचित्रहरु रिलिजको लागि डराइरहेका छन् ।

यस्तैमा हिम्मतका साथ हल छिरेको चलचित्र ‘इन्दुकी जवानी’को पहिलो दिनको कमाई सार्वजनिक भएको छ । कियरा आडवाणी अभिनित चलचित्रको ओपनिङ भने निक्कै कमजोर रह्यो ।

कोभिड-१९ संक्रमण समयमा यो नै आशालाग्दो चलचित्र हलमा रिलिज भएको थियो । त्यसैले पहिलो दिन १ देखि १.५ करोडसम्मको व्यापार गर्ने ट्रेडको अनुमान थियो । तर, चलचित्र पहिलो दिनको व्यापारमा कमजोर देखिएको छ ।

२० करोडको कम बजेटमा निर्मित चलचित्रले पहिलो दिन २५ लाख मात्र कलेक्सन गर्न सफल भयो । अबिर सेनगुप्ता निर्देशित चलचित्रलाई समिक्षकले ठिक-ठाक रेट गरेका छन् । त्यसैले विकेन्डको व्यापारमा खास्सै अन्तर नहुने आँकलन गरिएको छ ।

यो चलचित्रमा कियराका अलावा आदित्य सिल, मल्लिका दुआ, इकबाल खान, राकेश वेदीलगायतका कलाकारहरुको अभिनय छ ।

Facebook Comments