नरेश र एलिजाको ‘झन् झन् माया बढ्यो’ ( भिडियो सहित )
प्रकाशित मिति : December 2, 2020 Sabasta Entertainment
सबस्त ईन्टरटेनमेन्ट,काठमाडौ – गायक नारायण धिताल र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘झन् झन् माया बढ्यो’ बोलको गीतमा संगीतकार तथा प्राज्ञ सुनिल मास्केको शब्द तथा संगीत रहेको छ भने गीतमा सचिन सिंहको संगीत संयोजन रहेको छ।
लामो समय देखि बेल्जियममा बस्दै आएका गायक तथा समाज सेवी नारायण धिताल डेढ दशक देखि नेपाली गीत संगीत क्षेत्रमा सक्रिय छन्। यस अघि धितालका थुप्रै गीत सार्वजनिक भई सकेका छन्। धितालले तिन वटा सोलो एल्बम सार्वजनिक गरि सकेका छन्। सार्वजनिक भिडियोमा संचारकर्मी,गीतकार तथा कलाकार नरेश भट्टराई र कलाकार एलिजा गौतमको अभिनय रहेको छ। नरेश र एलिजाको जोडी म्युजिक भिडियोमा राम्रो सुहाएको देखिन्छ ।
भिडियोलाई युबराज वाइवाले निर्देशन गरेका छन्। निसाल पौडेलले छायाँकन गरेको भिडियोलाई बिकास दाहालले सम्पादन गरेका छन्। भिडियो गायकको आफ्नै च्यानल यु ट्युब च्यानल खुसीको पल मार्फत सार्वजनिक गरिएको छ।