सुश्मा कार्की संग भाइरल बालिका समइरा थापाको म्युजिक भिडियो

प्रकाशित मिति :   December 1, 2020           Sabasta Entertainment



Kumari bank

सबस्त ईन्टरटेनमेन्ट,काठमाडौ – अभिनेत्री सुश्मा कार्की र भाइरल बालिका समइरा थापाको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘सानो सानो बाबुको’ बोलको गीतमा सुश्माले आमा र समइराले छोरीको भुमिका निर्वाह गरेका छन । त्रिशा केसीले निर्देशन गरेको म्युजिक भिडियोमा अभिभावकले कसरी आफ्नो सन्तानको उज्ज्वल भविष्यको कल्पना गर्छन भन्ने देखाइएको छ ।
यस्तै गीतमा पिताको भुमिकामा सन्दीप श्रेष्ठले अभिनय गरेका छन ।

सार्वजनिक म्युजिक भिडियोको गीतमा अम्बिका गुरुङको शब्द र राजन कार्कीको संगीत छ । गीतमा कुमारी बिसी र संगीतकार कार्कीको आवाज रहेको छ ।

सन्चु ठोकरले खिचेको म्युजिक भिडियोमा तेन्जु योन्जनको कोरियोग्राफी, अटल मगरको श्रृङ्गार, राम केसीको फोकस र श्रीकृष्ण श्रेष्ठको सम्पादन छ ।

Facebook Comments