नम्रताको महारानी रुपमा लट्ठिएका प्रकाश ‘फुटेका चुरा’ (भिडियो सहित )

प्रकाशित मिति :   December 1, 2020           Sabasta Entertainment



Kumari bank

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – गायक प्रकाश सपुतले नयाँ गीत सार्वजनिक गरेका छन् । सपुत कै शब्द, संगीत तथा आवाज रहेको गीतमा गायिका अनिता चलाउनेले साथ दिएकी छन् ।

‘फुटेका चुरा’ बोलको गीतमा अभिनेत्री नम्रता श्रेष्ठसँगै प्रकाश सपुत, कविता नेपाली, अनिता चलाउने र निरज पन्थीले अभिनय गरेका छन् । गीतमा नम्रताले महारानीको भूमिका निर्वाह गरेकी छन् । भने, कलाकार प्रकाश र कविताले योद्धाको भूमिका निर्वाह गरेका छन् ।

संगीत र संवादको संयोजनमा तयार गीतलाई दर्शकले राम्रो भनेका छन् । गीतको भिडियो निर्देशन पनि प्रकाश कै हो । भने, गम्भीर विष्टले कोरियोग्राफी सम्हालेका छन् । गीतको भिडियो तर्फ नवराज उप्रेतीको छायांकन, प्रविण भट्टको सम्पादन छ । सार्वजनिक गीतले २४ घण्टा भित्रै युट्युब ट्रेन्डिङको टप ९ मा स्थान बनाइसकेको छ ।

Facebook Comments