शिल्पा पोखरेल अभिनित ‘आर्या’ को ‘हाम्रो धर्ति आकाश’ गीत सार्वजनिक  

प्रकाशित मिति :   November 18, 2020           Sabasta Entertainment



Kumari bank

सबस्त ईन्टरटेनमेन्ट,काठमाडौ – श्री तिमिल्सिना फिल्मस प्रोडक्सनको प्रस्तुति साथै मौलिक कथाबस्तुमा चलचित्र निर्देशन गर्न माहिर निर्देशक उपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको तथा नायिका शिल्पा पोखरेल अभिनित  चलचित्र‘आर्या’ को ‘हाम्रो धर्ति आकाश’ गीत ‘ओ यस आर’ युट्युब मार्फत सार्वजनिक  गरिएको छ । गीतमा नायिका शिल्ल्पा पोखरेल गाउँले भूमिकामा देखिएकी छिन र उनि आफ्नो गाउँ ठाउ,धर्ति आकाशको तारिफ गर्न चुक्दिनन ।

उक्त गीतमा नेपालको पश्चिम दमौलीमा पर्ने अहिलेको लोकप्रिय पर्यटकीय गन्तब्य मानुङ डाँडा यतिबेला आन्तरिक पर्यटकको रोजाइमा परेको स्थल मध्ये एक हो र निर्देशक तिमिल्सिन्नाले त्यही मानुङ डाँडाको मनोरम स्थानमा चलचित्र ‘आर्या’ को गीत छायांकन  गराएका  छन् ।

‘हाम्रो धर्ति’ बोलको गीतमा राम सिटौलाको सङ्गीत, लक्ष्मण सिटौलाको शब्द साथै गायिका मेलिना राईको मधुर आवाज,अहिलेका चर्चित नृत्य निर्देशक कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

चलचित्रमा शिल्पा पोखरेल शिर्ष भूमिकामा रहेकी छिन भने शिल्पा संगै अभिनेताअनुप बिक्रम शाही,प्रकाश शाह,रवि गिरि,सुशील पोखरेल,गीता अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ।

चलचित्र ‘आर्या’ मा दिब्यराज सुवेदीको छायांकन, राम सिटौला र शशि बिक्रम थापाको संगीत, मिलन श्रेष्ठको सम्पादन, कुमार महर्जनको द्वन्द निर्देशन रहेको छ ।

चलचित्र ‘आर्या’ लाई  नेपाली चलचित्र बजार सुचारु भए पश्चात दर्शहरुका लागि सिनेमा हल सम्म पुर्याउने जानकारी चलचित्रका निर्देशक उपेन्द्र तिमिल्सिन्नाले गराएका छन् ।

Facebook Comments