पुजा र सन्तोषको ‘डार्लिङ तिमी बांलाः’ सार्वजनिक

प्रकाशित मिति :   October 24, 2020           Sabasta Entertainment



Kumari bank

सबस्त ईन्टरटेनमेन्ट,काठमाडौ – अभिनेत्री प’जा शर्मा र सन्तोष विक्रम खड्गीको अभिनय रहेको नेपाली, नेवारी फ़्युजनमा आधारित गीत डार्लिङ तिमी बांलाः सार्वजनिक गरिएको छ । सन्तोष विक्रम खड्गीको स्वरमा रहेको उक्त गीतको भिडियो स्वयम् खड्गीकै अफिसियल य’ट्य’ब च्यानलबाट सार्वजनिक गरिएको हो ।

अभिनेत्री पुजा शर्मा पहिलोपटक नेवारी भेषभूषामा देखिएकी छिन् । गीत सार्वजनिक भएपछि पुजाले भनिन्, ‘पहिलोपटक यस्तो किसिमको गीतमा काम गरेँ, वास्तवमा मज्जा आयो ।

गीतको भिडियोलाई अहिलेका चर्चित चलचित्र प्रोमो मास्टर,सम्पादक शाहिल खानले निर्देशन गरेका छन् । उनका लागि पनि यो गीतको भिडियो चुनौतीका रुपमा बजारमा आएको छ . किनभने, यसअघि उनले कुनै गीतको निर्देशन गरेका छैनन् । गीतबारे शाहिल भन्छन्, ‘गीत असाध्यै मन परेरै मैले निर्देशन गर्न राजि भएको हुं ।’

निर्मल विककोशब्द, संगीत तथा विजेश्वरको एरेन्जमा समेटिएको यो गीतको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, राजेन्द्र मोक्तानको रङ संयोजन, सुदीप बरालको छायांकन रहेको गीतलाई मिलन श्रेष्ठ र शाहिल खानले सम्पादन गरेका छन् ।

Facebook Comments