‘छ माया छपक्कै-२ ‘बन्ने पक्का 

प्रकाशित मिति :   October 19, 2020           Sabasta Entertainment



Kumari bank

सबस्त ईन्टरटेनमेन्ट,काठमाडौ – रोहित अधिकारी र दीपक-दीपाको गतबर्षको सुपरहिट चलचित्र ‘छ माया छपक्कै’को सिक्वेल बन्ने जानकारी चलचित्रकी सल्लाहकार निर्देशक दीपाश्री निरौलाले आफ्नो इन्स्टाग्राम मार्फत जानकारी दिएकी छन् ।

‘छ माया छपक्कै’को सल्लाहकार निर्देशक निरौलाले टिमसँगको एक तस्बिर सार्वजनिक गर्दै ‘छ माया छपक्कै २’ लिएर पक्कै पनि आउने जानकारी गराएकी छिन । निर्माता रोहित अधिकारीले ‘छ माया छपक्कै’ को टिममा केहि परिवर्तन भएर चलचित्र छायांकन जाने जानकारी गराएका छन् ।

चलचित्र ‘छ माया छपक्कै २’ लागि निर्देशक भने दिपेन्द्र लामा नै रहने छन् र हाल उनि चलचित्रको पटकथाको तयारीमा लागि परेका छन् ।

Facebook Comments