‘सिंबा’ पश्चात रणवीर सिंह र रोहित शेट्टी ‘सर्कस’ लिएर आउदै 

प्रकाशित मिति :   October 19, 2020           Sabasta Entertainment



Kumari bank

सबस्त ईन्टरटेनमेन्ट,काठमाडौ – रोहित शेट्टी, टी-सीरीज र रिलायंस ईन्टरटेनमेन्ट जस्तो ठुलो ब्यानरले बलिउडको सफल जोडी नायक रणवीर सिंह र निर्देशक रोहित शेट्टी जसले ‘सिंबा’जस्तो सामाजिक,एक्सन प्रधान फिल्म दर्शकहरुलाई दिएका थिए ,त्यहि जोडी संग फेरी सहकार्य गर्दै ‘सर्कस’ लिएर आउदैछन ।

‘सर्कस’ मा रणवीर सिंहका साथ नायिका पूजा हेगड़े, जैकलीन फर्नांडीज र वरुण शर्मा फाईनल भएका छन् ।। फिल्म को बारेमा जानकारी बलिउड फिल्मका ट्रेड एक्सपर्ट तरण आदर्शले आफ्नो ट्वीटर बाट जानकारी दिएका छन् ।


फिल्ममा डबल रोलमा रहनेछन रणवीर सिंह । पहिलो पटक रणवीर सिंह डबल रोलमा देखिनेछन । फिल्म ‘सर्कस’८० को दशकको सुपरहिट फिल्म ‘अंगूर’ को रीमेक हुनेछ । फिल्म ‘अंगूर’ मा  संजीव कुमार मुख्य भूमिकामा थिए र उनको साथमा मौसमी चटर्जी, दीप्ति नवल र देवेन वर्मा जस्ता दिग्गज कलाकार थिए ।

फिल्म छिट्टै नै फ्लोरमा जादैछ । फिल्मको  शूटिंग नोवेम्बर महिनामा मुंबईमा हुनेछ । यस  फिल्मलाई मेकर्सले  साल २०२१ को  नोवेम्बर,डिसेम्बर मा रिलिज गर्ने तयारी गर्दैछन ।

Facebook Comments