कोरोनाका कारण नेपाली पहिलो छायाँकार बैकुण्ठमान मास्केको निधन

प्रकाशित मिति :   October 17, 2020           Sabasta Entertainment



Kumari bank

सबस्त ईन्टरटेनमेन्ट,काठमाडौ – कोरोना संक्रमणका कारण नेपालि पहिलो छायाँकार बैकुण्ठमान मास्केको निधन भएको छ । कोरोनाका कारण उनको शुक्रबार ८३ वर्षको उमेरमा निधन भएको चलचित्र पत्रकार संघ, नेपालका महासचिव समीर बलामीले पुष्टि गरेका छन्  ।

स्वर्गीय मास्के विगत ७ वर्षदेखि मृगौला सम्बन्धि रोगसँग लडिरहेका थिए । गत आइतबार उनलाई कोरोना संक्रमण पुष्टि भएपछि निदान अस्पतालमा भर्ना गरिएको थियो । मास्केले लामो समयदेखि बनस्थलीस्थित मृगौला उपचार केन्द्रमा मृगौलाको उपचार गराइरहेका थिए ।

२०२१ सालमा भारतको पुणास्थित भारतीय फिल्म प्राविधिक शिक्षालयबाट औपचारिक अध्ययन सकाएका मास्केले २०२७ सालमा रिलिज चलचित्र ‘परिवर्तन’बाट छायांकन यात्रा थालनी गरेका थिए । उनि फिचर फिल्मखिच्ने पहिलो छायांकार थिए ।


मास्केले ‘मनको बाँध’, ‘पच्चीस बसन्त’लगायत २ दर्जन बढी चलचित्र खिचेका छन् । उनका एक श्रीमती र एक छोरी छन् ।


मास्केको पार्थिव शरीरको शुक्रबारै पशुपतिको बिधुतिय शवदाह​ गृहमा अन्तेष्टि गरिएको छ ।
कोरोना संक्रमणबाट ज्यान गुमाउने मास्के पहिलो नेपाली चलचित्रकर्मी पनि हुन् ।

Facebook Comments