‘लाल सिंह चड्ढा’ शूटिंग समाप्त, भावुक करीनाले आमिर खान र टीमलाई दिईन धन्यवाद 

प्रकाशित मिति :   October 15, 2020           Sabasta Entertainment



Kumari bank

सबस्त ईन्टरटेनमेन्ट,काठमाडौ – आमिर खान र करीना कपूर अभिनित बलिउड फिल्म ‘लाल सिंह चड्ढा’ को शूटिंग समाप्त भएको छ । फिल्मकी अभिनेत्री करिना कपूर खान यस फिल्मको अन्तिम सेड्युल शूटिंग दिल्लीमा हुँदा पुरा समय आफ्नो पति सैफ अलि खानका साथ् उपस्थित रहेकी थियिन । भाबुक हुँदै फिल्म शूटिंग समाप्तिको खबर करिनाले आफ्नो इंस्टाग्राम अकाउंट द्वारा दिएकि छिन ।

करीना कपूरले इंस्टाग्राम अकाउंटमा अभिनेता आमिर संगको एक तस्वीर पोस्ट गर्दै ‘अरु सबै यात्राको अन्तिम समयमा आउनु पर्छ त्यस्तै आज हाम्रो फिल्म ‘लाल सिंह चड्ढा’को शुटिंग को अन्तिम दिन हो । मुश्किल समय, कोरोना महामारी, मेरो गर्भवती अवस्था र एक प्रकारको डर तरपनि केहि कारणले पनि शुटिंग रोकिएन । हामीले सबै सुरक्षा अपनाउदै काम सकाएउ । यस यात्राका लागि धन्यबाद आमिर खान, अद्वैत चंदन र मेरो शानदार टीम। नैना मैले तपाईंलाई मिस गरे ।हामि छिट्टै नै भेट्ने छौ ।’

फिल्म ‘लाल सिंह चड्ढा’का लागि अभिनेता आमिर खानले आफ्नो २० के जी तौल बढाएका छन् र साथै आफ्नो दाढीपनि पालेका छन् । फिल्म ‘थ्री ईडियटस’ मा आमिर र करिनाको जोडीलाई दर्शकले मन पराएका थिए ।

Facebook Comments