सलमान खानले भरे फराज खानको सबै मेडिकल बिल खर्च 

प्रकाशित मिति :   October 15, 2020           Sabasta Entertainment



Kumari bank

सबस्त ईन्टरटेनमेन्ट,काठमाडौ – बलिउड फिल्म ‘फरेव’का अभिनेता फराज खान अहिले बेंगलुरुको एक अस्पतालमा ब्रेन इनफेक्शन र निमोनिया – न्यूरोलॉजिकल डिसऑर्डरका कारण उपचाररत छन् । साथै फराजको आर्थिक अवस्था कमजोर भएका कारण गत बुधवार फराजका बारेमा ट्वीट गर्दै अभिनेत्री पुजा भट्टले मदद का लागि अपिल गरेकी थियिन । उनको अपिल पश्चात बलिउड अभिनेता भाईजान सलमान खानले फराजको अस्पतालको सबै मेडिकल बिल खर्च तिरी दिएर सहयोग गरेका छन् ।

यस समाचार बारे पुष्टी अभिनेत्री  कश्मीरा शाहले आफ्नो इंस्टाग्राम मार्फत सलमानले फराजको लागि सबै मेडिकल बिल खर्च तिरिदिएको जानकारी दिएकी छिन्। सलमानले अरु विरामीलाई जस्तै फराजलाई सहयोग गरेको भन्दै सलमानको तारिफ गर्दै धन्यवाद दिएकि छिन ।

 

फराज खान गत एक वर्षदेखि विरामी परेका  छन्। पछिल्लो समयमा उनको  अवस्था गम्भीर भएपछी अस्पताल भर्ना गरिएको थियो ।

फराज खानले फिल्म ‘मेहंदी’ मा रानी मुखर्जीको श्रीमानका साथै फिल्म ‘फरेब’मा सुमन रंगनाथानका श्रीमानको भूमिकामा अभिनय गरेका थिए । फिल्म ‘फरेब ‘ को  ‘ये तेरी आंखें झुकीं-झुकीं, ये तेरा चेहरा खिला-खिला’ गीत आज्ञा पनि त्यतिकै चर्चित रहेको छ ।

Facebook Comments