‘संस्कार’ का लागि निशान र अस्मिताको स्वर 

प्रकाशित मिति :   October 15, 2020           Sabasta Entertainment



Kumari bank

सबस्त ईन्टरटेनमेन्ट,काठमाडौ – किशोर चौधरीको निर्देशनमा ‘संस्कार’ नामक चलचित्र निर्माण हुने भएको छ । चलचित्र मा समाबेश चितवनको एअरपोर्ट..बोलको गीत बुधबार रेकर्ड गरिएको छ । किशोर चौधरीको शब्द र चन्द्रज्योति ढुंगानाको संगीत रहेको गीतमा निशान भट्टराई र अस्मिता अधिकारीले स्वर भरेका छन्  ।

दिनेश कुँवर निर्माता रहेको चलचित्रको स्क्रिप्ट पनि निर्माता दिनेशकै हो । बास्सा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म पारिवारिक कथामा बन्नेछ । तिहारपछि सुटिङ गरिने ‘संस्कार’ मा मनोरञ्जनका साथै समाजोपयोगी सन्देश समेत रहने जानकारी निर्माण टिमले  दिएका छन् ।

चलचित्रको सहनिर्मातामा राजु अधिकारी,सुमन तेन्जल र हरि भण्डारी छन् । तनहु,पोखरा र बिरगंजमा छायाँकन गरिने चलचित्रमा दिनेश प्रमुख भूमिकामा रहने छन् भने अन्य कलाकारको चयन प्रक्रिया जारी छ । गीतको शब्द तथा संगीत निकै मन परेकाले दर्शक स्रोतालाई पनि मन पर्ने बिश्वास निशान र अस्मिताले ब्यक्त गरेका छन् ।

Facebook Comments