‘हुस्न की मल्लिका’ श्रीदेवीको ५६ औ जन्मदिन 

प्रकाशित मिति :   August 13, 2020           Sabasta Entertainment



Kumari bank

सबस्त ईन्टरटेनमेन्ट,काठमाकाठमाडौ – बलिउड अभिनेत्री हुस्नकी मल्लिका,अभिनयकी खानि श्रीदेवीको आज ५६ औ जन्मदिन । अगष्ट,१३,१०६३ मा शिवाकाशी ,साउथ भारतमा जन्मेकी श्रीदेवी अभिनेत्री,निर्मात्री थियिन भने उनले हिन्दि ,तेलगु ,तमिल ,मलयालम,र कन्नडा भाषामा काम गरेकी थियिन । उनले हिन्दि फिल्म निर्माता बोनी कपुर संग बिबाह गरेकी थियिन । श्रीदेबी र बोनिको २ छोरीहरु,जान्हवि कपुर र खुसि कपुर छन् । फेब्रुअरी,२४.२०१८ मा दुबई स्थित जुमेइरह टावर्स होटेलमा उनको असमाहिक मृत्यु भएको थियो ।

आज उनि नभएता पनि उनको अनौठो स्टाइलले गर्दा उनका फ्यानहरु आज पनि उनलाई उत्तिकै मन पराउछन । श्रीदेवीको हरेक फिल्ममा उनको अलग अलग रुप देख्न सकिन्थ्यो । फिल्म साथ साथ उनि वास्तविक जिबनमा पनि धेरै नै स्टाइलिश थियिन । श्रीदेवीको स्टाइल आज पनि धेरैलाई आकर्षित गर्ने खालको रहेको थियो ।

श्रीदेवीलाई बलिउडमा हुस्नकी मल्लिका भनेर सम्बोधन गरिन्थ्यो । श्रीदेवीको  मुस्कान पछाडी उनका लाखौ फ्यानहरु दिवाना थिए । उनको यहि मुस्कान अनि अदाकारि हेर्नका लागि लाखौ दर्शक सिनिमा हल सम्म पुग्थे । अभिनय,नृत्य बाहेक उनको हरेक.फोटशूटमा उनि गज्जब नै देखिन्थियिन ।

लामो समय सम्म बलिउडमा एकक्षत्र राज गरेकी थियिन श्रीदेवीले । फिल्म चांदनीमा उनको अनौठो अभिनय अन्दाज पनि देखिएको थियो ।

Facebook Comments