जैकलीनलाई सलमान र साजिदकोतर्फबाट जन्मदिन उपहार ‘किक 2’ ।

प्रकाशित मिति :   August 12, 2020           Sabasta Entertainment



Kumari bank

सबस्त ईन्टरटेनमेन्ट,काठमाकाठमाडौ – बलिउड नायिका जैकलीन फर्नांडिस आज ३५ औ जन्मदिन सेलीब्रेट गरिरहेकी छिन । यहि खास मौकालाई खास बनाउनको लागि निर्माता साजिद नाडियाडवालाले सफल फिल्म ‘किक’ को अर्को भाग ‘किक 2’ को आधिकारिक घोषणा गरेर,जैकलीनको जन्मदिनलाई खास बनाई दिएका छन् ।

फिल्म  ‘किक 2’ मा बलिउड भाईजान सलमान खानका साथमा मुख्य भूमिकामा नायिका जैकलीन फर्नांडिस देखेनी भएकी छिन । निर्माता साजिद नाडियाडवालाको ट्वीट का अनुसार, ‘जैकलीन फर्नांडिस को जन्मदिनमा ‘टू मच फन.. साजिद नडियाडवाला’ ले किक 2 की स्क्रिप्ट लॉक गरेका छन् ।

फिल्म ‘किक 2’ को छायांकन चाँडै नै सुरु गर्ने साजिदले भारतीय मिडियासँग बताएका छन् । अभिनेता सलमान खान र  जैकलीन फर्नांडिस अभिनित फिल्म ‘किक’ले बक्स अफिसमा राम्रो कमाई गरेको थियो । कोरोना कहर दिन प्रतिदिन बढ्दै गएता पनि बलिउड निर्माताहरु  नयाँ नयाँ फिल्म  निर्माण घोषणा भने गरि नै रहेका छन् ।

 

 

 

Facebook Comments