शाहरुख खानले छोडेका फिल्म,जो सुपरहिट भएका थिए  ।

प्रकाशित मिति :   August 8, 2020           Sabasta Entertainment



Kumari bank

सबस्त ईन्टरटेनमेन्ट,काठमाकाठमाडौ – बलिउड अभिनेता शाहरुख खानले करियर शुरुवात देखि अहिले सम्म  लगभग ८० फिल्महरुमा काम गरेका छन् ।उनको ८० फिल्महरुमा धेरैजसो फिल्महरु हिट,सुपरहिट छन् ।तरपनि शाहरुख खानले ‘जोधा अकबर’ देखि  ‘स्लमडॉग मिलियनेयर’ समेत यस्ता ८ फिल्महरु गरेनन या यी फिल्महरु छोडेका थिए  तर पछि यी फिल्महरु सुपरहिट भएका थिए ।यी फिल्महरूलाई दर्शकहरुले खुब मन पराएका थिए ।
शाहरुख खानले छोडेका ८ फिल्महरु :

‘रोबोट’ (२०१० )
साउथ फिल्म इण्डस्ट्रिका प्रख्यात निर्देशक शंकरको फिल्म ‘रोबोट’ मा शाहरुख खान खेल्ने तय भएको थियो तर फिल्म ‘रोबोट’ को पटकथामा शाहरुखले आफ्नो हिसाबको परिवर्तन खोजे पछि निर्देशक संगको असहमति पश्चात फिल्म छोडेका थिए ।

‘३ इडियट्स’ ( २००९)
राजकुमार हिरानीको यस फिल्ममा आमिर खानको भूमिका शाहरुख खानलाई अफर गरिएको थियो तर अरु फिल्म संग डेट्स इश्यूको कारण शाहरुख खानले यस फिल्मलाई गर्न पाएका थिएनन् ।

‘जोधा अकबर’ (२००८ )
आशुतोष गोवारीकरको  फिल्म ‘जोधा अकबर’ मा ऋतिक रोशनले गरेको मुख्य भूमिका शाहरुख खानलाई अफर गरिएको थियो । तर शाहरुख खानलाई शूटिंग लोकेशन नै मन नपरेको कारण उनले यो फिल्म छोडेका थिए साथै उनि त्यो समय आफ्नो परिवार संगै बिताउन चाहन्थे र उनले फिल्म छोडेका थिए  ।

‘स्लमडॉग मिलियनेयर’ (२००८)
डैनी बॉयल द्वारा निर्देशित फिल्म ‘स्लमडॉग मिलियनेयर’ ले ८ अकाडेमि पुरस्कार जितेको थियो । यस फिल्ममा अनिल कपूरले गरेको भूमिका पहिले शाहरुख खानलाई अफर गरिएको थियो । निर्देशक  फिल्मको लागि शाहरुख खान संग भेट्न उनको घर सम्म पुगेका पनि थिए तर पनि शाहरुखले यो फिल्ममा काम गर्न ईच्छा व्यक्त गरेनन  ।

‘रंग दे बसंती’ (२००६)
‘रंग दे बसंती’ बलिउड फिल्महरु मध्येको एक राम्रो बनेको फिल्ममा गनिन्छ । यस फिल्ममा आमिर खानसंग,उनको साथीको भूमिका गर्ने आर. माधवनले गरेको भूमिकाका लागि पहिले शाहरुख खानलाई  भनिएको थियो । तर शहरुख्ले यस भूमिका गर्न रुचाएनन किनकि उनि आमिर पछिको सेकंड लिड हिरो कहलिन चाहदैन थिए ।

‘मुन्ना भाई एम.बी.बी.एस.’ (२००३)
संजय दत्त भन्दा पहिले फिल्म ‘मुन्ना भाई एम.बी.बी.एस.’ शाहरुख खानलाई अफर गरिएको थियो । तर शाहरुख खानले यो फिल्म आफ्नो स्वास्थ्य समस्याका कारण गर्न पाएनन ।

‘लगान (२००१ ) ‘
आशुतोष गोवारीकरको फिल्म ‘लगान’ मा काम नगर्नु शाहरुख खानका निम्ति ठुलो गल्ति नै थियो , यो फिल्म ऑस्करमा नामांकन पनि भयो पछि । फिल्मको निर्देशक आशुतोष गोवारीकर चाहन्थे कि फिल्ममा आमिर खानले गरेको ‘भुवन’ को मुख्य भूमिका शाहरुख खानले गरुन ।

‘कहो ना प्यार है’ (२०००)
निर्माता /निर्देशक राकेश रोशन यस फिल्ममा पहिले शाहरुख खानलाई कास्ट गर्न चाहन्थे तर शाहरुख खान अन्य फिल्ममा ब्यस्त भएका कारण यो फिल्ममा काम गर्न सकेनन ।तर दर्शकहरु र बलिउद्ले भने नयाँ अनुहारकारुपमा यस फिल्म्द्वारा ऋतिक रोशन जस्तो हिरो पाए ।

Facebook Comments