चलचित्रकर्मीको आरोप-प्रत्यारोपलाई लिएर संघले सबै कलाकारलाई मर्यादित हुन आग्रह ।

प्रकाशित मिति :   July 3, 2020           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौ – केहि दिनदेखि सामाजिक संजालमा नेपाली चलचित्रकर्मीले एक-अर्कामा लगाएको आरोप-प्रत्यारोपलाई लिएर नेपाल चलचित्र कलाकार संघले आफ्नो ध्यानाकर्षण गराएको छ ।

संघले आपसी विवाद र आक्षेप सन्दर्भमा प्रचारमा आएका सबै कलाकारसँग सम्पर्क गरेको पनि बताएको छ । ‘कतिपयले संघको कार्यालयमा आएर पनि जानकारी  गराएका छन्  । लकडाउनका कारण उत्पन्न समस्या एवं पारिश्रमिकका कुरा लगायतका अन्य विवादहरु पनि संघलाई जानकारी गराउन ध्यानाकर्षण गराएको छ ।

साथै, संघले विवादलाई वार्ताद्वारा समाधान गर्न आव्हान पनि गरेको छ ।

संघको विज्ञप्ति:-



यस्तै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनेता भुवन केसीलाई दुर्व्यवहारको आरोप लगाएपछि केसीले कानुनी बाटो समात्दै संघमा छानविनको लागि निवेदन पनि दिएका छन् । बिभिन्न आरोपले आफ्नो चरित्रहत्या गरेको भन्दै भुवनले ‘छानविन गरिपाउँ’ भन्दै चलचित्र कलाकार संघमा उजुरी दिएका हुन् ।

भुवनको उजुरी:-

Facebook Comments