चलचित्र पत्रकार संघको -कोरोना भाइरस र नेपाली चलचित्र विषयक लेखमा उत्कृष्ट ४  छनौट ।

प्रकाशित मिति :   July 3, 2020           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौ – चलचित्र पत्रकार संघ नेपालले आव्हान गरेको कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानसहितको सोध खोज र वस्तुगत तथ्याङ्कमा आधारित प्रतिवेदन, लेख रचना तथा धारणा संघमा उपलब्ध भएका मध्ये छनौट समितिले १३ वटा लेख (सर्ट लिष्ट) निकालेर छनौट प्रक्रिया सुरु गरेको थियो ।

त्यसमा पनि मापदण्ड सहित मूल्याङ्कनको आधारमा ८ लाई तय गर्दै छनौट समितिले निम्न ४ वटा लेखलाई उत्कृष्ट ठहर गरेको छ ।
१. आर्टिकल ८ ध्रुव लम्साल
२. आर्टिकल ६ बिष्णु शर्मा
३. आर्टिकल १२ मनोज न्यौपाने
४. आर्टिकल १ रिना मोक्तान

नेपाली चलचित्र क्षेत्रको बर्तमान बस्तुस्थिती र अब कसरी यो क्षेत्र सहज हुन सक्छ भन्ने संभावनाहरुलाई पनि समावेश गरि चलाइएको यस्तो अभियानले चलचित्र पत्रकारमा लेखन वृत्तिको अभ्यास र प्रोत्साहन हुने संघको ठहर छ । उत्कृष्ट ४ लाई अनुकुल समयमा क्रमश पन्ध्र हजार, दश हजार र पाँच–पाँच हजार (कर बाहेक) र प्रमाण पत्र सहित प्रदान गरिने छ । छनौट गरिएको लेख संचार माध्यमा प्रकाशन गरिने व्यवस्था संघले मिलाउने छ । सहभागी सबैजना प्रति संघ आभारी छ । आगामि दिनमा पनि यस्तै खालको रचनात्मक सहयोगको लागि सबैमा संघ अनुरोध गर्दछ ।

छनौट समितिमा निम्न ब्यक्तिहरु रहेका थिए :
१. विदुर गिरी
२. शान्तिप्रिय
३. दिपेन्द्र लामा
४. जिवन कुमार पराजुली
५. समीर बलामी

Facebook Comments