फेरी आए दुर्गेश थापा ‘बिच्च बिच्चमा २’ का साथ् ।

प्रकाशित मिति :   July 3, 2020           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौ – गत वर्षको तीजमा सार्वजनिक गीत ‘बिच्च बिच्चमा’ तथा दिपक-दीपा र रोहित अधिकारीको  चलचित्र ‘ छ माया छपक्कै’ प्रचार प्रसारमा समेत प्रयोग गरिएको गीतको अपार सफलता पश्चात गायक दुर्गेश थापाले ,फेरी यो बर्ष तीजको लागि गीत ‘बिच बिचमा २’ को भिडियो सार्वजनिक गरेका छन् । उक्त गीतमा दुर्गेश थापाकै  संगीत अनि शब्द दुर्गेश संगै राम खत्री र रञ्जन कार्कीले मिलेर कोरेका छन् ।

गीतमा दुर्गेश थापा सहित धेरैजना मोडलहरु सहित गायक आफै भिडियोमा फिचर्ड भएका छन् । गीतमा मोडेलहरु जीवन शाहनी क्षेत्री, जीबि चिरन, दिपाशा विसी, अस्मिता जुरेली, टिका जैशी, सविता राई, यिनी विष्ट, शिल्पा खड्का लगायतहरुको अभिनय रहेको छ ।

हरितालिका तीज, कोरोना, लकडाउन र देशको राजनीतिक अवस्था बारे चर्चा गरिएको गीतको निर्देशन अनि नृत्य निर्देशन शिव विकको रहेको छ । गीतको भिडियो छायाँकन अर्जुन तिवारीले गरेका छन् भने भिडियो सम्पादन मिलन बिस्वकर्माले गरेका छन् ।

भिडियोलाई दुर्गेश थापाको अफिसियल च्यानलबाट युट्युबमा सार्वजनिक गरिएको छ ।

Facebook Comments