एकेडेमी अवार्ड (अस्कर)ले सार्वजनिक गर्यो नयाँ नियम |

प्रकाशित मिति :   July 2, 2020           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौ – एकेडेमी अवार्ड (अस्कर)ले नयाँ नियम जारी गरेको छ । कोभिड – १९ महामारीका कारण दुई महिना पछाडी सरेको अवार्डले नेपाल अस्कर कमिटिलाई नयाँ नियमबारे जानकारी गराएको छ  ।

विगतमा एकेडेमी अवार्ड समारोह फेब्रुअरीमा आयोजना हुन्थ्यो । तर, कोरोनाका कारण ९३ औँ संस्करण आगामी वर्षको अप्रिल २५ का लागि तय भैसकेको छ । त्यसैले अघिल्ला वर्षहरुमा अक्टुबरमा चलचित्र पठाइसक्नु पर्नेमा यसपटक डिसेम्बर २१ सम्म समय तोकिएको छ ।

महामारीका कारण रिलिज गर्ने समय सीमा तोकेर पनि रिलिज हुन् नसकेका चलचित्रका लागि यो साल अस्कर लचिलो बनेको छ । अघिल्ला वर्षहरुमा कुनै पनि चलचित्र रिलिज भएर हलमा हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । तर, यो साल यसरी हलमा रिलिज हुन नसकेका चलचित्रले पनि अस्करको प्रतिस्पर्धामा सामेल हुन पाउनेछन् । यसका लागि सम्बन्धित चलचित्रले सरकारबाट मान्यता प्राप्त चलचित्र  भवनबाट चलचित्र रिलिज रोकिएको पत्र अस्कर कमिटीलाई बुझाउनु पर्नेछ ।

यस्तै यसरी रोकिएका चलचित्र भवनमा नलागी स्ट्रिमिङ साइटमा आएका छन् भने पनि तिनले सहभागिता जनाउन सक्नेछन् ।

Facebook Comments