कुन्ती मोक्तानको गीतमा परमिता र दिक्पाल  ।

प्रकाशित मिति :   July 1, 2020           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौ – चर्चित वरिष्ठ गायिका कुन्ती मोक्तानले नृत्य निर्देशक  तेञ्जु योञ्जनको निर्देशनमा नयाँ गीत ‘घाम जुन बाँकी छ’ सार्वजनिक गरेकी छिन । सेलो भाकाको गीतमा नायिका परमिता राज्यलक्ष्मी राणा र नायक दिक्पाल कार्कीले अभिनय गरेका छन् ।

उक्त गीतमा दिनेश अधिकारीको शब्द अनि संगीत शिला बहादुर मोक्तानको रहेको छ । गीतको लागि  छायांकन तथा सम्पादन दिपेन बस्नेतले गरेछन् भने  मेकअपको काम अशोक रोक्काले गरेका छन् । भिडियोलाई कुन्ती मोक्तान अफिसियल च्यानल बाट युट्युबमा सार्वजनिक गरिएको छ ।

Facebook Comments