अमेजनको सीरीज ‘ब्रीद: इन टू द शैडोज’ मा अभिषेक बच्चन ।

प्रकाशित मिति :   June 19, 2020           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौ – अमेजनको सीरीज ‘ब्रीद: इन टू द शैडोज’को फर्स्ट लुक मेकर्स द्वारा बिहिबार सार्वजनिक गरिएको छ ,जसमा बलिउडका अभिनेता अभिषेक बच्चन मुख्य भूमिकामा आउदैछन ।
क्राइम थ्रिलर लाई अबुदंतिया एंटरटेनमेंट द्वारा निर्माण गरिएको छ । अभिनेता अभिषेक बच्चनको यो पहिलो डिजिटल डेब्यू हुनेछ । यस  सीरीजलाई  10 जुलाई, 2020  देखि अमेजन प्राईममा प्रशारण गरिदैछ । यस सिरिजमा अभिषेक संग कलाकारहरु  निथ्या मेनन र सैयामी खेर पनि  प्रमुख भूमिकामा रहेका छन् ।

यो सीरीजमा अभिषेक बच्चनको  फर्स्ट लुक ‘ डार्क अनि इंटेंस’ देखाईएको छ । जहां उनि एक हराएको बच्चाको पोस्टरलाई  ध्यानपूर्वक नियाल्दै छन् । अभिषेक बच्चन एकदम उत्साहित रहेका छन् उक्त सिरिजका लागि । सिरिजलाई मयंक शर्माले निर्देशन गरेका छन् ।

Facebook Comments