‘आमा’को गज्जब अफर, आफ्नो आमासँग निशुल्क चलचित्र हेर्न पाइने

प्रकाशित मिति :   February 20, 2020           Sabasta Entertainment




सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – भोलि शुक्रबारदेखि रिलिज हुने चलचित्र ‘आमा’ले दर्शकका लागि अफर ल्याएको छ । निर्देशक दीपेन्द्र के खनालले ‘एक दिन आफ्नी आमासँग’ भन्ने नाराका साथ आफ्नो आमासँग निशुल्क चलचित्र हेर्न पाउने घोषणा गरेका हुन् ।

अब राजधानीका जयनेपाल हलमा ११.४५, क्युज सिनेमाजमा १०.४५ र कुमारी हलमा ८.३० बजेको बिहानी शोमा आफ्नो आमासँग चलचित्र हेर्न जाँदा निशुल्क टिकट पाइनेछ । यी हलमा निर्धारित शो कटौती नहुँदासम्म यो अफर लागु हुने निर्देशक खनालले जानकारी दिए ।

खनालले भने –‘एक दिन आफ्नी आमासँग’ भन्ने भावका साथ हामीले यो घोषणा गरेका हौं । हलमा यी शोहरु परिवर्तन नभएसम्मलाई यो घोषणा लागू हुने हुनेछ ।’

मिथिला शर्माको शिर्ष भूमिका रहेको चलचित्रमा सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

Facebook Comments