‘सेन्टी भाइरस’को ‘ए नि लै ’ लिरिकल गीत सार्वजनिक ।

प्रकाशित मिति :   February 19, 2020           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – चर्चित अनि सफल निर्देशक रामबाबु गुरुङद्वारा निर्देशित र सामाजिक अभियन्ता धुर्मुस-सुन्तलीले निर्माण तथा अभिनय गरेको चलचित्र ‘सेन्टी भाइरस’को रिलिज नजिकिदा गीत ‘ए नि लै ’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको छ । हर्क साउदको शब्द र संगीतमा सुशान्त गौतमको स्वर रहेको छ । उक्त गीतमा चलचित्रका सबै कलाकारहरुलाई   फिचर्ड गरिएको छ ।

सुबिहानी फिल्मस प्रालिको व्यानरमा निर्मित चलचित्रमा कुमार कट्टेल र दीपक आचार्यको लेखन अनि सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली) तथा दयाहाङ राई विल्सनविक्रम राई, बुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, बसन्त भट्ट, दीपक आचार्यआदिको अभिनय रहेको छ ।

चलचित्रका निर्माताहरु डिन्डु लामा ह्योल्मो रहेका छन् । सह-निर्मातामा डिन्डुका भाई फुर्पा लामा छन् । राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

चलचित्रको सार्वजनिक मिति महाशिवरात्रीलाई लक्षित गर्दै फागुन ९ गतेको लागि तय गरिएको छ |

Facebook Comments