संचारकर्मी दीपेश श्रेष्ठको नौलो सौगात |

प्रकाशित मिति :   February 19, 2020           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – नेपाली संचार क्षेत्रमा निकै परिचित नाम, दीपेश श्रेष्ठ। हिट्स एफ एममा कोकाकोलाको नौलो सौगात जस्तो पचासको दशकको लोकप्रिय कार्य्रक्रमका संचालक श्रेष्ठले दर्शकका लागि नयाँ सौगात लेराएका छन्। उनले “गाडी गुड्छ नेपाली” बोलको गीतको म्युजिक भिडियो निर्देशकको रुपमा सार्वजनिक गरेका हुन्। सन् २००१ देखि म्युजिक भिडियो निर्देशनमा रहेका श्रेष्ठले एक बर्ष पश्चात भिडियो निर्देशन गरेका हुन्। गत वर्ष उनले गिरिश खतिवडाको गीतको भिडियो निर्देशन गरेका थिए |

गीतमा १५ वर्षिया आइशा डोटेलको स्वर रहेको छ । आइशा नेपाली जान्दिनन् यद्यपि पिता विभोद डोटेलको लागि नेपाली गीत गाएकी हुन्। उनीकी माता इन्डोनेसियन हुन्। उनकी आमा निङ इन्डोनेसियन भएकाले उनको घरमा नेपाली भाषा खासै प्रयोग हुँदैन। आइशाले आफ्ना पितालाई ‘सर्पाइज’ उपहार दिन उक्त गीत गाएकी हुन्। विदेशमा बस्ने हर नेपालीले आफ्नो लागि गीत बनेको महसुस गर्न सक्छन। आप्रवासी नेपालीको मनोभावना गीतले बोल्छ। यो गीतको शब्द प्रगति देवकोटा न्योपानेले लेखेकी हुन्।

कर्ण दासको ‘बिस्तारै छायो’, सञ्जिव सिंहको ‘चुलेसीमा’, दीपक बज्राचार्यको ‘ऋतु’, निमा रुम्बाको प्रिती बस्यो र नविन के भट्टराईको ‘तिमीलाई हेर्ने’ जस्ता यादगार गीत उनले निर्देशन गरेका हुन्। हाल उनि अस्ट्रेलियामा छन्। १० वर्ष लामो संचार क्षेत्रमा बटुलेको अनुभव लिई अस्ट्रेलिया गएका उनि हाल डिजिटल मार्केटिंगमा आबद्द छन्।

Facebook Comments