परिपक्क भएकी पुजा अनि नतमस्तक पलले पुजा संग केहि सिक्ने कि ?? 

प्रकाशित मिति :   February 14, 2020           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ –  सुदर्शन थापा प्रोडक्सन को ब्यानरमा निर्माण निर्माण भएको चलचित्र ‘म यस्तो गीत गाउछु २ ‘ को हिजो एक कार्यक्रम गरि ट्रेलर सार्वजनिक गरिएको थियो । उक्त कार्यक्रममा चलचित्रका नायक नायिका र सबै टिम मेम्बर हरुको राम्रो उपस्थिति रहेको थियो ।

गत वर्ष सम्म पुजा शर्मा आफ्ना कुनै पनि चलचित्रको कार्यक्रममा पत्रकारहरुले कुनै प्रश्न  गर्दा त्यसको सरल र सहज उत्तर नदिईकन ,त्यो प्रश्न लाई अन्तै डोर्याउथिन तर ‘म यस्तो गीत गाउछु २ ‘ को ट्रेलर रिलिज को कार्यक्रममा उनि एक त साह्रै राम्री भएर उपस्थित भएकी थियिन अनि पत्रकारको  हरेक प्रश्नको जवाफ सहजता र सरलता का साथ दिंदै ,सबै संग दङ्ग पर्दै वार्तालाप गर्दै थियिन ।

सायद यस्तो असर एक निर्मात्री भएर आएको या राम्रो मानिस संगको संगतको कारण हुनु पर्छ  या उमेर र समयको हुनु पर्छ ।


यता भने पल शाह शोही कार्यक्रममा निर्देशक, नायिका र चलचित्रका हरेक टिम प्रति नतमस्तक भएका थिए । उनि अझै सिक्दैछु ,म अझै नयाँ नै हुँ भन्दै थिए |चलचित्र नगरीमा आएको यत्तिका बर्ष हुँदा पनि आफु अझई  नयाँ हुँ भन्दा कत्तिको सान्दर्भिक होला ?? र  चलचित्र बजारमा सुनिएको हल्लामा,पल शाह यदि कुनै चलचित्रमा हुन्छन भने त्यो चलचित्रमा नायिका पनि पलको रोजाईको हुनु पर्छ रे । सायद पलले  आफ्ना शुरुको दिन बिर्से होलान । तर यो सत्य हो भने यो कुराले उनलाई  नै घातक सिद्ध नहोस ??

भनिन्छ कलाकारहरुको काम प्रतिको सिकाई मृत्य पश्चात मात्र सकिन्छ र कलाकारहरुको दिन सधै एक नाश रहेको हुन्दैन । हरेक शुक्रबारले फेरबदल हुने कार्यक्षेत्रमा रहेर दोहोरो चरित्रमा रहनु आफ्ना लागि नै घातक हुने देखिन्छ र सुदर्शन थापा जस्ता काम जानेका  निर्देशक संग काम गरे पछि केहि काम सिक्ने प्रयत्न गर्दा राम्रै हुनेछ ।

त्यसैले समय र सबै संग सहज भएर काम गर्न सक्नु नै बड्डपन हुन सक्छ ।

Facebook Comments