पुजा र आकाश को सम्झना बिर्सना’ जेठ २ गतेबाट रिलिज ।

प्रकाशित मिति :   February 14, 2020           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – पुजा शर्मा र आकाश श्रेष्ठको चलचित्र ‘रामकहानी’बाट शुरु भएको सहकार्य चलचित्र ‘पोइ पर्यो काले’ ‘सम्हालिन्छ कहिले मन’ र अहिले ‘सम्झना बिर्सना’ सम्म पनि संगै चलिरहेको छ । चलचित्र ‘पोइ पर्यो काले’ प्रदर्शन भैसकेको छ भने ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा रहेको छ ।

पूजा र आकाश अभिनित चलचित्र ‘संझना विर्सना’को पनि प्रदर्शन मिति तय गरिएको छ । चलचित्र आउँदो बर्षको जेठ २ गतेबाट रिलिज हुने पक्का भएको छ । चलचित्रको फस्टलुक पोस्टरमा आकाश र पूजालाई मात्र स्थान दिइएको छ ।



आदित्य फिल्मसको व्यानरमा निर्माण भैरहेको तथा आदित्य प्रधान र रेविका प्रधानको लगानी रहेको चलचित्रलाई निमेष प्रधानले निर्देशन गरिरहेका छन् । चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ , छुल्ठिम गुरुङ,सुनिल थापा, शिशिर राणा, मेनुका प्रधान, मदन भुजेललगायतका कलाकारको अभिनय रहेको छ  ।

चलचित्रमा छायांकन शिव ढकालको र नृत्य निर्देशन कमल राईको रहेको छ ।

Facebook Comments