शुक्रबार रिलिज:  सुशिल र रुविना ‘भ्यालेन्टाइन डे’मा ‘लभ डायरीज’हेर्न हलमा ।

प्रकाशित मिति :   February 14, 2020           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – सौरभ चौधरी निर्देशित चलचित्र ‘लभ डायरिज’ प्रणय दिवसको दिन फागुन २ गते आजबाट रिलिज भएको  छ । त्रिकोणात्मक प्रेम कथामा बनेको चलचित्रमा सुशिल, रुविना र विश्वजित रिमालको मुख्य भुमिका रहेको छ । चलचित्रको शुरुवात हलहरुमा राम्रो देखिएको छ । ‘लभ डायरिज’ हेर्नका निम्ति चलचित्र भवनमा बिहान देखि माया गर्ने जोडी देखि अन्य दर्शकहरु हल पुगेका छन ।

दर्शकहरु संगै चलचित्र हेर्न शुशिल र रुबिना  पनि हल पुगेका थिए र दर्शकहरुको राम्रो प्रतिक्रिया बाट शुशिल र रुबिना र निर्माण टिम खुशी भएका छन् ।

विनोद सापकोटाको निर्माणमा बनेको चलचित्रमा कलाकारहरु सुशील श्रेष्ठ,रुबिना थापा,बिशाल पहाडी, विश्वजित रिमालको पनि मुख्य भूमिका रहेको छ ।

प्रोमो मेकर शाहील खान सह-निर्देशक रहेको चलचित्रमा कथा र पटकथा मधु बास्तोलाले लेखेका छन् भने अर्जुन पोखरेलको संगीत,संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन रहेको छ । ‘लभ डायरिज’ चलचित्रका गीतहरु सार्वजनिक भैसकेका छन् र यी गीतहरु दर्शक तथा श्रोताले रुचाएका छन् ।

चलचित्र प्रणय दिवसको दिन फागुन २ गतेबाट रिलिजहुँदैछ ।

Facebook Comments